शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेपाललाई थप २० लाख डोज खोप दिने चीनको घोषणा

मङ्गलबार, ०२ कात्तिक २०७८, १९ : ०२
मङ्गलबार, ०२ कात्तिक २०७८

चीनले नेपाललाई थप २० लाख डोज कोरोनाविरुद्धको खोप दिने घोषणा गरेको छ । परराष्ट्रमन्त्री डा नारायण खड्का र चिनियाँ विदेशमन्त्री वाङ यीबीच मंगलबार भएको टेलिफोन वार्ताका क्रममा चीनले सो घोषणा गरेको हो । 
फोनवार्ताका क्रममा मन्त्री खड्काले थप खोप दिने घोषणा गरेकामा विदेशमन्त्री वाङ यीलाई धन्यवाद ज्ञापन गरेका थिए । २० लाख खोप चीनले नेपाललाई अनुदानमा उपलब्ध गराउने बताइएको छ । 

सो क्रममा दुई देशका मन्त्रीबीच दुई देशबीचको सम्बन्धका विविध आयामबारे समेत छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विदेशमन्त्री यीले परराष्ट्रमन्त्री डा खड्कालाई चीन भ्रमणको निम्तो समेत दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप