शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

दूतावासमार्फत बंगलादेश सरकारलाई ज्ञापनपत्र

मङ्गलबार, ०२ कात्तिक २०७८, २० : ३०
मङ्गलबार, ०२ कात्तिक २०७८

राष्ट्रिय एकता अभियानले बंगलादेशमा हिन्दुमाथि भएको आक्रमणबारे ध्यानाकर्षण गराउन नेपालस्थित बंगलादेश राजदूतावासमार्फत त्यहाँका प्रधानमन्त्री शेख हसिनालाई ज्ञापनपत्र बुझाएको छ । बंगलादेशका मन्दिरहरू एवम हिन्दू आराध्य देवी देवताको प्रतिमाहरूमाथि भएको हमलाको निन्दा गर्दै अभियानले दोषीलाई कारवाही तथा हिन्दु समुदायको सुरक्षाका लागि बङ्गलादेश सरकारसँग माग गरेको हो ।

बंगलादेशमा भएको सो घटनाले नेपालको सम्पूर्ण हिन्दु समुदायलाई चोट पुर्याएको दावी समेत सो अभियानले गरेको छ । बंगलादेशमा हिंसा फैलिएपछि हालसम्म ४ जनाको मृत्यु भएको छ भने १०० जनाभन्दा बढी घाइते भएका छन् । अभियानले बंगलादेश सरकारलाई अन्तर्राष्ट्रिय मानवअधिकार सन्धि, संयुक्त राष्ट्रसंघको वडापत्र तथा धार्मिक अल्पसंख्यकको सांस्कृतिक अधिकारको स्मरण समेत गराएको छ ।

अन्तर्राष्ट्रिय सन्धि सम्झौताको पालना, दक्षिण एसियाली क्षेत्रीय सद्भाव, नेपाल र बङ्गलादेश बीचको दुई पक्षीय कुटनैतिक सम्बन्धको लागि त्यहाँका धार्मिक समुदायको सुरक्षाको सुनिश्चितता गर्न पनि अभियानले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप