शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

४ जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त पक्राउ

मङ्गलबार, ०२ कात्तिक २०७८, २१ : २३
मङ्गलबार, ०२ कात्तिक २०७८

चार जनाको मृत्यु भएको मोतीपुर घटनाका मुख्य अभियुक्त साविर अलि मुसलमान पक्राउ परेका छन् । मोतीपुर घटना र औद्योगिक क्षेत्रको सरकारी जग्गा अतिक्रमण गर्ने कार्यमा प्रत्यक्ष संलग्न भएको आरोपमा मुसलमानलाई प्रहरीले पक्राउ गरेको हो । कपिलवस्तु जिल्ला शुद्धोधन गाउँपालिका ६ स्थायी घर भएका मुसलमान रुपन्देहीको बुटवल उपमहानगरपालिका ११ मा डेरामा बस्दै आएका थिए ।

उनलाई कार्तिक १ गते डेराबाटै पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । मुसलमानको कोठाबाट ३ थान ब्यानर, माइनटिङको प्रतिलिपि, टोली गठन गरेको सम्पर्क नम्बरसहितको कागजात १३ थान र २ थान बस्ती विकासको सहयोग रसिद बरामद गरिएको छ ।

मुसलमानमाथि मुलुकी अपराध संहिता २०७४ अन्तर्गत सार्वजनिक शान्ति विरुद्धको कसूरमा मुद्धा दर्ता गरिएको र जिल्ला प्रशासन कार्यालय रुपन्देहीबाट १० दिनको म्याद थप गरी अनुसन्धान भैरहेको र घटनामा संलग्न अन्य व्यक्तिको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप