बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

बाढी पीडितलाई तत्काल राहत प्याकेज घोषणा गर्न एमालेको माग

मङ्गलबार, ०२ कात्तिक २०७८, २१ : ३८
मङ्गलबार, ०२ कात्तिक २०७८

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले दुई दिन देखिको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठुलो क्षति भएको भन्दै तत्काल राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेको छ ।  मंगलबार एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विज्ञप्ति जारी गर्दै वर्षाका कारण भित्र्याउन बेलाको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गरेका हुन् ।

‘वर्षाका कारण भित्र्याउन ठिक्क परेको धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ’, एमालेले भनेको छ । साथै अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गराउँदै मौसम पूर्वानुमानको प्रभावकारी व्यवस्था गर्न, किसानलगायत आम नेपालीहरूले अप्रत्यासित रुपमा आउने यस्ता विपत्तिहरूको पूर्व जानकारी पाउने व्यवस्था सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । 

एमालेले विगत दुई दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न भागमा जनधनको ठूलो क्षति भएको भन्दै पहिरोका कारण कतिपयको ज्यान गएको छ, कतिपय घरबारविहीन भएका र कतिपय व्यक्तिहरू बाढीमा फस्न पुगेको उल्लेख गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप