शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पीएसजीको कम्ब्याकमा मेस्सीको दुई गोल

बुधबार, ०३ कात्तिक २०७८, ०८ : २८
बुधबार, ०३ कात्तिक २०७८

लियोनेल मेस्सीले दुई गोल गर्दा पेरिस सेन्ट जर्मेनले एक गोलले पछि परेको स्थिति उल्टाउँदै च्याम्पियन्स लिगमा आरबी लेइपजीगलाई ३–२ गोलअन्तरले पराजित गरेको छ ।

खेलमा किलियान एम्बाप्पेले खेलको शुरुवातमा नै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । २८ औँ मिनेटमा आन्द्रे सिल्भाले लेइपजीगका लागि खेल बराबरी गरे । दोस्रो हाफको ५७ औँ मिनेटमा नोर्डीले मुकिलेले गोल गर्दै लेइपजीगलाई अग्रता दिलाए । तर, ६७ औँ मिनेटमा मेस्सीले गोल गर्दै पीएसजीलाई खेलमा फर्काए भने ७४ औँ मिनेटमा पेनाल्टीमा पनेका गोल गर्दै टोलीको जीत सुनिश्चित गरे ।

पीएसजीका लागि च्याम्पियन्स लिगमा घरेलु मैदानमा खेलिएका सुरुवाती दुई खेलमा गोल गर्ने नेयमार, एलेक्स र जर्ज विहपछि चौथो खेलाडी हुन् । खेलको इन्जुरी समयमा पीएजसीले अर्को पेनाल्टी पायो । ह्याट्रिकको नजिक रहेका मेस्सीको साटो यसपटक एम्बाप्पे पेनाल्टी हान्न गए । तर, उनी गोल गर्नबाट चुके । पीएसजीका लागि उनले पछिल्ला ११ पेनाल्टीबाट गोल गरेका थिए ।

पीएसजी आए यता मेस्सीले तीन गोल च्याम्पियन्स लिगमा नै गरेका छन् । ३४ वर्षीय खेलाडीको प्रतियोगितामा १ सय २३ औँ गोल थियो । उनले गोल गरेका लेइपजीग ३७ औँ टोली थियो । जीतसँगै समूह ए मा फ्रेन्च टोली म्यान्चेस्टर सिटीलाई उछिन्दै शीर्ष स्थानमा उक्लिएको छ । पीएसजीको ७ अंक रहेको छ भने सिटीको ६ अंक रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप