हात्तीको आक्रमणबाट दम्पतीको मृत्यु
कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ वसन्तपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक दम्पतीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले दिएको जानकारीअनुसार मृत्युहुनेमा वसन्तपुरका ५५ वर्षीय ध्वजबहादुर कार्की र उहाँका श्रीमती ४५ वर्षीया मधुराको आज विहान मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय झलारीबाट प्रहरी निरीक्षक कर्णबहादुर बोहरा नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको जनाइएको छ । प्रहरीले दिएको जानकारीअनुसार नजिकैको सामुदायिक वनबाट नौ÷दशका सङ्ख्यामा रहेको जङ्गली हात्ती गाउँ पसेपछि स्थानीयले हो–हल्ला गरेका थिए । सोही क्रममा कार्की दम्पतीलाई हात्तीले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
“डिलाशैनी सामुदायिक वनबाट आएका हात्तीले आक्रमण गरेको हो,” घटनास्थलबाट शुक्लाफाँटा–१२ का वडाध्यक्ष बाले रानाले भने, “अझै जङ्गल किनारका बस्तीमा हात्तीले आक्रमण गर्नसक्ने त्रासदी छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सात जिल्लामा हात्तीपाइले औषधि खुवाइने
-
टोपबहादुर सहितका प्रतिवादीको निवेदनमाथि सुनुवाइ पुरा
-
कृष्ण कँडेलको फेसबुक आइडी ह्याक
-
मुख्यमन्त्री जम्कट्टेललाई एकीकृत समाजवादीको काउन्टर
-
विद्यमान कानुनी संरचनाबाट सहकारी समस्या समाधान नहुने सरकारको निष्कर्ष
-
निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ : अर्थमन्त्री पुन