बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेता कार्यकर्ताहरूलाई उद्धार कार्यमा जुट्न अनेरास्ववियु क्रान्तिकारीको निर्देशन

बुधबार, ०३ कात्तिक २०७८, ०९ : ०२
बुधबार, ०३ कात्तिक २०७८

अनेरास्ववियु क्रान्तिकारीले देशका विभिन्न भागमा आएको बाढीका कारण मृत्यु भएका मृतकका परिवारलाई राहत र घाइतेको उपचार तुरुन्त गर्न सरकारसँग माग गरेको छ। सत्तारुढ नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले एक विज्ञप्ति जारी गर्दै बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजीमा तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएकी छन्।

'बाढीका कारण भएको मानवीय तथा अन्य क्षतिको यथार्थ विवरण सङ्कलन गरी तत्काल राहत प्याकेज घोषणा गर्न स्थानीय,प्रदेश तथा संघीय सरकारसँग जोडदार माग गर्दछौ।'विज्ञप्तिमा भनिएको छ,'बाढी पहिरो लगायत प्राकृतिक प्रकोप जस्ता सङ्कटको घडीमा अनेरास्ववियु क्रान्तिकारी  सदैव जनताको सङ्कट समाधानको लागि जनतासँगै रहेको कुरा जगजाहेर छ । यस सङ्कटको समयमा अनेरास्ववियु क्रान्तिकारीको सबै निकायमा रहनुभएका नेता कार्यकर्ताहरूलाई उद्धार कार्यमा जुट्न निर्देशन गर्दै विपत् जोखिम क्षेत्रका नागरिकहरूलाई उच्च सतर्कता अपनाउन समेत आह्वान गर्दछौ।' बाढी पहिरोका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोगको लागि सहयोगीदाताहरूसँग क्रान्तिकारीले अपिल समेत गरेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप