शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अक्षयको ‘ओह माइ गड २’ मा पुनः राम बन्दै ‘रामायण’ का राम

बुधबार, ०३ कात्तिक २०७८, ०९ : १२
बुधबार, ०३ कात्तिक २०७८

रामानन्द सागरको १९८७ को टिभी शो ‘रामायण’ मा भगवान रामको भूमिका निभाएर चर्चित बनेका अरुण गोविल ठूलो पर्दामा पुनः भगावन श्रीरामको भूमिका देखिने भएका छन् । अरुण ‘ओह माइ गड’ को सिक्वलमा भगवान राम बन्न लागेका हुन् । ‘ओह माइ गड २’ को निर्माण अश्विन वर्दे र अक्षय कुमार गरिरहेका छन् भने यसको निर्देशन अमित रायले गर्दैछन् ।

इन्डिया टुडेको रिपोर्टअनुसार अक्षय कुमार फिल्ममा अरुण गोविललाई भगवान राम बनाउनका लागि निकै उत्साहित थिए । भगवान रामको भूमिकाका लागि परिचित अनुहार अरु कुनै छैन । त्यही भएर उनलाई यो भूमिका दिने फैसला निर्माण टोलीका सबै मिलेर गरेका थिए ।

‘ओह माई गड २’ मा अक्षय कुमारको साथै पंकज त्रिपाठी र यामी गौतम पनि प्रमुख भूमिकामा हुनेछन् । पहिलो चलचित्र धार्मिक कट्टरता र अन्धविश्वासमा आधारित थियो भने दोस्रो भाग भारतीय शिक्षा प्रणालीमा आधारित हुने बताइएको छ । चलचित्रको सुटिङका लागि फिल्मको टोली १३ अक्टुबरमा उज्जैन जाने तयारी थियो तर तीन सदस्यलाई कोरोना संक्रमण पुष्टि भएपछि सो मिति सारेर २३ अक्टुबर पु¥याइएको छ ।

‘रामायण’ मा सुरुमा भने अरुण रामको भूमिका लागि अस्वीकृत भएका थिए । यसको कारण थियो उनको धुम्रपानको बानी । रामानन्द सागरलाई उनको यो बानी पटक्कै मन परेको थिएन । यस्तो खराब आदत भएको मानिस कसरी राम बन्न सक्छ भन्ने उनको बुझाइ थियो । भूमिका पाउनका लागि अरुणले उनलाई धुम्रपानको बानी छाड्ने वचन नै दिनुपरेको थियो । त्यसपछि पनि कुरा मिलिसकेको भने थिएन । जब लुक टेस्टका दौरान रामानन्द सागरले अरुणको मुस्कान देखे, अनि बल्ल उनलाई रामको भूमिकामा अनुबन्ध गर्ने निधो गरिएको थियो ।

अरुण गोविलले सन् १९७७ मा ताराचन्द बडजात्याको चलचित्र ‘पहेली’ बाट चलचित्रमा डेब्यू गरेका थिए । त्यसपछि उनले सावनको आने दो, साँचको आँच नही, इतनी सी बात, हिम्मतवाला, दिवाला, हथकडी, लव कुश जस्ता चलचित्रमा अहम भूमिका निभाएका छन् । उनले कैसे कहूँ, बुद्धा, अपराजित, वो हुए न हमारे र प्यारकी कश्तीमे जस्ता टेलिभिजन सिरियलमा पनि काम गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप