ग्रिजमान नायक र भिलेन दुवै बन्दा एथ्लेटिको लिभरपुलसँग पराजित
मोहमद शलाहले उत्कृष्ट फर्म जारी राख्दा लिभरपुलले च्याम्पियन्स लिगमा एथ्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा १० खेलाडीमा सिमित एथ्लेटिकोलाई उसैको घरेलु मैदानमा लिभरपुलले ३–२ गोलले पराजित गरेको हो । योसँगै प्रतियोगितामा लिभरपुलले शतप्रतिशत नतिजा कायम राख्न सफल भएको छ ।
निकै रोमाञ्चक बनेको खेलको सुरुवातमा नै शलाहले लिभरपुललाई अग्रता दिलाएका थिए । लगत्तै नाबी किएटाले लिभरपुलको अग्रता दोब्बर बनाए । तर, एन्टोनियो ग्रिजमानले पहिलो हाफमा दुई गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्काए । तर, दोस्रो हाफमा फ्रान्सका फरवार्डले रातो कार्ड खाएपछि एथ्लेटिको १० खेलाडीमा सिमित हुन पुग्यो ।
त्यसपछि मारियो हर्मोसोले डिओगो जोटालाई फल हान्दा लिभरपुलले पेनाल्टी पायो जसलाई शलाहले सजिलै गोलमा परिणत गरे । योसँगै शलाह लिभरपुलका लागि च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता बनेका छन् । स्टिभन जेरार्डलाई उछिन्दै उनले ३१ गोल गरेका छन् । त्यसपछि भने कुनै गोल हुनसकेन र खेल लिभरपुलले आफ्नो पक्षमा पार्न सफल रह्यो । यसबाट रुष्ट बनेका एथ्लेटिकोका म्यानेजर डिएगो सिमिओनीले आफ्ना समकक्षीसँग हात पनि नमिलाई डगआउट तर्फ हानिएका थिए ।
योर्गन क्लपको टोली पछिल्ला २१ खेलमा अपराजित रहेको छ । तीन खेलबाट ९ अंक बटुल्दै समूह बीको शीर्ष स्थानमा रहेको छ । एथ्लेटिको ४ अंकसहित दोस्रो स्थानमा छ । तेस्रो स्थानमा रहेको पोर्टोले मंगलबार नै एसी मिलानलाई १–० गोलले हरायो । मिलान हालसम्म अंकविहीन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी