शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशी मुद्रा साट्नेलाई आज झन् फाइदा

बुधबार, ०३ कात्तिक २०७८, १० : २१
बुधबार, ०३ कात्तिक २०७८

आज नेपालमा विदेशी मुद्रा साट्नेहरूलाई थप फाइदा हुने भएको छ । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज अधिकांश विदेशी मुद्राको भाउ बढेको हो । धेरै विदेशी मुद्रासँग नेपाली रुपैयाँ थप कमजोर भएको छ ।

मंगलबार खरिददर १२० रुपैयाँ २५ पैसा र बिक्रीदर १२० रुपैयाँ ८५ पैसा रहेको एक अमेरिकी डलरको विनिमयदर आज स्थिर छ । तर, यूरोपेली मुद्रा यूरोको खरिददर १४० रुपैयाँ २१ पैसा र बिक्रीदर १४० रुपैयाँ ९१ पैसा पुगेको छ । हिजो सो मुद्राको खरिददर १३९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १४० रुपैयाँ १० पैसा निर्धारण गरिएको थियो । 

बेलायती पाउण्ड स्टेर्लिङको विनिमयदर पनि बढेको छ । हिजो एक पाउण्डको खरिददर १६५ रुपैयाँ १३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ९५ पैसा तोकिएकोमा आज खरिददर १६६ रुपैयाँ २६ पैसा र बिक्रीदर १६७ रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलर साट्दा पनि हिजोको तुलनामा आज फाइदा हुने भएको छ । यो मुद्रा एकको खरिददर ८९ रुपैयाँ ८० पैसा र बिक्रीदर ९० रुपैयाँ २४ पैसा निर्धारण गरिएको छ । 

क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ५३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८० पैसा तथा जापानी येन १० को खरिददर १० रुपैयाँ ५३ पैसा र बिक्रीदर १० रुपैयाँ ५८ पैसा तोकिएको छ । चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १८ रुपैयाँ ९१ पैसा कायम गरिएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यी तीनवटै मुद्राको विनिमयदर आज बढेको हो ।

नेपाली युवाहरूको प्रमुख श्रम गन्तव्य रहीआएको खाडी मुलुकतर्फ साउदी अरेबियन रियाल एकको खरिददर ३२ रुपैयाँ ६ पैसा र बिक्रीदर ३२ रुपैयाँ २२ पैसा तोकिएको छ । यो मुद्राको विनिमयदर भने स्थिर छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३ पैसा र बिक्रीदर ३३ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । यो मुद्राको भाउ भने बढेको हो ।

आज यूएई दिराम एकको खरिददर ३२ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ९० पैसा तोकिएको छ । मलेसियन रिंगेट एकको खरिददर २८ रुपैयाँ ८३ पैसा र बिक्रीदर २८ रुपैयाँ ९७ पैसा कायम भएको केन्द्रीय बैंकले जानकारी दिएको छ । यी दुई मुद्राको विनिमयदर स्थिर छ ।

यसैगरी, कुबेती दिनार एकको खरिददर ३९८ रुपैयाँ ७२ पैसा र बिक्रीदर ४०० रुपैयाँ ७१ पैसा निर्धारण गरिएको छ । बहराइन दिनार एकको खरिददर ३१९ रुपैयाँ र बिक्रीदर ३२० रुपैयाँ ६० रुपैयाँ तोकिएको छ । दक्षिण कोरियाली वन १०० को खरिददर १० रुपैयाँ २१ पैसा र बिक्रीदर १० रुपैयाँ २६ पैसा निर्धारण गरिएको छ । वनको विनिमयदर हिजोको तुलनामा बढेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप