शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेता घोषणा

बुधबार, ०३ कात्तिक २०७८, ११ : ०४
बुधबार, ०३ कात्तिक २०७८

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको पाँच भाग्यशाली विजेता घोषणा गरेको छ । विजेतामा जापानबाट रेमिट्यान्स पठाउने अन्जु घले , साउदीबाट यमलाल भुसाल , कुवेतबाट मीन कुमार श्रेष्ठ र जानुका चौलागाई साथै अन्तिममा दुबईबाट रेमिट्यान्स पठाउने उमेश यादव रहेका छन् । उनीहरुले जनही रु १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जनाएको छ । 

कम्पनीले दसैँ, तिहार र छठलाई लक्षित गर्दै ‘सिटी आयो लखपति बनायो’ उपहार योजना गत भदौ ३१ गते घोषणा गरेको थियो । सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत ६१ दिनस लगातार हरेक दिन १ जना विजेतालाई  रु १०,००० उपहार प्रदान गरिनका साथै हरेक महिना ५ जनालाई रु १ – १ लाख गरी २ महिना सम्म १० जना रकम प्रदान गरिने बताइएको छ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप