ad

जेलबाट छुटेलगत्तै शिल्पाका पतिले सर्लिनलाई दिए धम्की

person explore access_timeकात्तिक ३, २०७८ chat_bubble_outline0

बलिउड अभिनेत्री शिल्पा सेट्टीका पति राज कुन्द्रा भर्खरैमात्र जमानतमा छुटेका छन् । उनी दुई महिनाअघि पोर्न फिल्म बनाएको अभियोगमा जेल परेका थिए । रिहा भएपछि राज कुन्द्राले आफुविरुद्ध अभिव्यक्ति दिनेहरुसँग बदला लिन थालेका छन् ।


उनले अभिनेत्री सर्लिन चोपडाविरुद्ध मानहानीको मुद्दा दर्ता गराउने धम्की दिएका छन् । राज कुन्द्राका वकिल प्रशान्त पाटिलले सर्लिनलाई नोटिस पठाएर एक हप्ताभित्र सार्वजनिक रुपमा माफी माग्न भन्दै धम्की दिएका हुन् ।



सर्लिनले माफी नमागे उनीविरुद्ध ५० करोड भारुको माग दाबीसहित मानहानीको मुद्दा अघि बढाइने नोटिसमा उल्लेख छ  । ‘सर्लिन चोपडका तर्फबाट राज कुन्द्रा र श्रीमती शिल्पा सेट्टी कुन्द्राविरुद्ध लगाइएका सबै आरोप मनगढन्ते, झुठा, नक्कली, तुच्छ र निराधार छन् ।



बदनाम गर्ने गोप्य उद्धेश्यले यो आरोप लगाइएको छ र यो पैसा असुल्ने एउटा षड्यन्त्र पनि हो । यसबारे सर्लिन चोपडालाई पनि जानकारी छ,’ राज कुन्द्राका तर्फबाट जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।







कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।