मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

‘टारी खेत’ मा पुष्प र एलिसाको रोमान्स

बुधबार, ०३ कात्तिक २०७८, ११ : २७
बुधबार, ०३ कात्तिक २०७८

गायक राजेशपायल राईले नयाँ गीत ‘टारी खेत’ ल्याएका छन् । माया प्रेमका शब्दले भरिएको गीतमा गायक राईलाई गायिका पासाङल्हामु शेर्पाले साथ दिएकी छन् । शान्तिराम राईको शब्द तथा संगीत रहेको गीतको एरेन्ज आगा लामाले गरेका हुन् । गीतको म्युजिक भिडियो पनि निर्माण भएको छ ।

जसमा पुष्प खड्का र एलिसा राईको रोमान्स देखाउन खोजिएको छ । सुरेश कोहली, आरोही चापागाई, प्रताव मगर, कुसुम केसी लगायतका कलाकारको पनि भिडियोमा अभिनय छ । शम्भु चालिसेको  छायाँकन, राजेश कुमारको सम्पादन रहेको भिडियो शिव विकले निर्देशन गरेका हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप