मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

न्यादी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने

बुधबार, ०३ कात्तिक २०७८, ११ : ४८
बुधबार, ०३ कात्तिक २०७८

न्यादी हाइड्रोपावरको साधारण सेयर (आईपीओ) यही साताको शुक्रबार बाँडफाँड हुने भएको छ । कम्पनीले शुक्रबार आईपीओ बाँडफाँड गर्ने गरी प्रि–अलटमेन्ट सम्पन्न गरेको छ । आईपीओको बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले धितोपत्र बोर्डसँग आईपीओ बाँडफाँडको अनुमति माग्दै पत्र पठाइसकेको छ ।

बोर्डबाट स्वीकृत आएपछि क्यापिटलले शुक्रबार बाँडफाँड गर्ने तयारी थालेको हो । न्यादीले असोज १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित २२ लाख कित्ता साधारण सेयर बिक्रीमा ल्याएको थियो । जसमध्ये कम्पनीका कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी बसेको २० लाख ९२ हजार ५०० कित्ता सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप