ad

गृहजिल्ला हिँडेका मन्त्री बडू बाटोमै रोकिए

person explore access_timeकात्तिक ३, २०७८ chat_bubble_outline0

कानुन न्याय तथा संघीय मामिलामन्त्री दिलेन्द्र बडुका साथै ५ सय जना यात्रु जाममा फसेका छन् । मन्त्री भएपछि पहिलोपटक गृह जिल्ला दार्चुला जान लागेका बडु बाटो बन्द हुँदा दुई दिनदेखि बैतडीको दोगडाकेदार गाउँपालिकाको डिक्गाडमा फसेका हुन् ।


सोमबार नै दार्चुला पुग्ने कार्यक्रम भएपनि बाटो बन्द हुँदा उनी बुधबारसम्म बैतडीमै रोकिएका छन् । उक्त जाममा जिल्ला अस्पताल दार्चुलाको एम्बुलेन्स पनि फसेको छ । 



यस्तै महेन्द्रनगर र धनगढीबाट दार्चुला जान लागेका मार्मा लेकम मालिकार्जुन शैल्यशिखर नगर पालिकाका ५ सय जना यात्रु दुई दिनदेखि  डिक्गाडमा जाममा फसेका छन् । सुदूरपश्चिममा जारी अविरल वर्षका कारण दार्चुला जाने सडक अवरोध भएको छ ।









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।