बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हुम्लामा पहिरोले पुरेर एकै परिवारका ६ जनाको मृत्यु

बुधबार, ०३ कात्तिक २०७८, १२ : २४
बुधबार, ०३ कात्तिक २०७८

हुम्लाको खार्पुनाथ गाउँपालिका–५ स्थित खरेल गाउँमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ । पहिरोमा पुरिएर ७० वर्षीय धनवीरे शाहीसहित ६ जनाको मृत्यु भएको हुम्लाका डिएसपी हेरम्ब शर्माले रातोपाटीलाई बताए ।

मृत्यु हुनेमा ५५ वर्षीय कुलबहादुर शाही, आशा शाही, १३ वर्षीय अलिन्द्र शाही, ५ वर्षीय हुसेन शाही र ३ वर्षका जसबहादुर शाही छन् । पहिरो हटाएर उनीहरुको शव निकालिएको छ ।

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप