ad

पीडित किसानलाई राहत र क्षतिपूर्ति दिन प्रचण्डको आग्रह

person explore access_timeकात्तिक ३, २०७८ chat_bubble_outline0

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बाढी र पहिरोबाट मारमा परेका किसानलाई राहत र क्षतिपूर्ति दिन सरकारसँग माग गरेका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष प्रचण्डले कृषि सहायता कोष खडा गरी किसानलाई राहत र क्षतिपूर्ति दिन माग गरेका हुन् ।


यस्तै आइतबारदेखि परिरहेको बेमौसमी झरीले पूर्वदेखि पश्चिमसम्म धानबालीमा ठूलो क्षति पुर्याएको छ । धानबाली थन्काउने बेलामा आएको अबिरल वर्षाका कारण किसानका धान लगायतका बालीनालीको ठूलो क्षति भएको  प्रचण्डको भनाइ छ ।



वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परी देशका विभिन्न भागमा ३० जनाभन्दा बढी नागरिकको मृत्यु गएको उनले बताए । यता तीन दर्जनभन्दा बढी नागरिक सम्पर्कविहीन भएका थिए । प्रचण्डले यस विपद्मा ज्यान गुमाउनेहरूमा श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना समेत प्रकट गरेका छन् ।



बाढी–पहिरोमा परी बेपत्ता भएकाहरुको यथाशीघ्र खोजीका लागि स्थानीय, प्रदेश र संघका सुरक्षा लगायत सबै सरकारी निकायहरु, स्थानीय स्वयम्सेवी, विभिन्न संघसंस्था, व्यक्ति, युवा र हाम्रो पार्टीका नेता तथा कार्यकर्ताहरूमा प्रचण्डको विशेष आग्रह छ ।



‘बाढी–पहिरोमा फसेकाहरूको उद्दार र राहत, घाइतेहरुको निःशुल्क स्वास्थ्योपचार, बिचल्लीमा परेका नागरिकहरुको खानपान र बसोबासको व्यवस्था मिलाउन म सरकारसँग विशेष अनुरोध गर्दछु’ विज्ञप्तिमा भनिएको छ ।





कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।