शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

स्क्वीड गेम्सको कमाल : नेटफिल्क्समा तीन महिना थपिए ४४ लाख प्रयोगकर्ता

बुधबार, ०३ कात्तिक २०७८, १३ : २५
बुधबार, ०३ कात्तिक २०७८

स्क्वीड गेम्सको लोकप्रियतासँगै सन् २०२१ को तेस्रो त्रैमासमा नेटफिल्क्सका प्रयोगकर्ताहरू ह्वात्तै बढेका छन् । अमेरिकी कम्पनीले ३० सेप्टेम्बरसम्म मात्र तीन महिनामा ४४ लाख नयाँ प्रयोगकर्ता थपेको छ । यो पछिल्लो त्रैमासको भन्दा दोब्बरले बढी हो ।

यस क्रममा कोरियन टिभी सिरियल स्क्वीड गेम्स सबैभन्दा लोकप्रिय रह्यो । पहिलो चार हप्तामा नै यसलाई १४ करोड २० लाख पटक हेरिएको थियो । कमेडियन डेभ सपेलको विवादबीच नेटफिल्क्सका केही स्टाफले जागिर छाड्ने चर्चाबीच यो खबर बाहिर आएको हो । डेभले पछिल्लो नेटफिल्क्स स्पेसलमा तेस्रो लिङ्गीहरूको अपमान गरेको आरोप छ । तर, कम्पनीले उनको बचाऊ गरेको छ ।

कोरोना महामारी सुरु हुँदा नेटफिल्क्सको माग ह्वात्तै बढेको थियो । तर, सन् २०२१ को सुरुवातमा कम्पनीले सुस्त प्रदर्शन गरेको थियो । विश्वकै ठूलो स्ट्रिमिङ प्लाटफर्मले चौथो त्रैमासमा थप ८५ लाख प्रयोगकर्ता जोडिने अपेक्षा गरेको छ । हाल स्क्वीड गेमसहित सेक्स एजुकेसन, क्विन्स ग्याम्बिटलगायत शोहरुले दर्शक बटुलिरहेका छन् ।

ब्लुमबर्गका अनुसार २ करोड १४ लाख डलरमा बनेको कोरियन सिरिजले ९० करोड आम्दानी गरिसकेको छ । त्यस्तै, अर्को गैर अङ्ग्रेजी सिरियल ला कासा डे पापेल (मनी हाइस्ट) को पाँचौ सिजनलाई पहिलो चार हप्तामा ६ करोड ९० लाख बढी पटक हेरिसकिएको छ ।

बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप