बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

अस्ट्रेलियाका पूर्व खेलाडी स्लेटर पक्राउ

बुधबार, ०३ कात्तिक २०७८, १३ : ३८
बुधबार, ०३ कात्तिक २०७८

घरेलु हिंसाको आरोपमा अस्ट्रेलियाका पूर्व क्रिकेटर माइकल स्लेटर पक्राउ परेका छन् । हाल क्रिकेट कमेन्टेटर रहेका ५१ वर्षीय स्लेटरलाई बुधबार सिड्नीस्थित घरबाट पक्राउ गरेर प्रहरी स्टेसनमा लगिएको स्थानीय मिडियाले जनाएका छन् ।

न्यू साउथ वेल्स प्रहरीले उक्त घटना गत हप्ता भएको पुष्टि गर्दै थप कुरा बताउन चाहेन । स्लेटर यसबारे सार्वजनिक वक्तव्य दिएका छैनन् । स्लेटर सन् १९९३ देखि २००१ सम्म अस्ट्रेलियन क्रिकेट टोलीका सदस्य रहेका थिए । उनले यसबीच ७४ टेस्ट खेलेका थिए । 

त्यसयता उनी टेलिभिजनमा उच्च पदमा रहँदै आएका थिए । गत हप्ता अस्ट्रेलियाको च्यानल सेभेनले आर्थिक दबाबको कारण देखाउँदै उनलाई हटाएको थियो । गत मेमा महामारीको व्यवस्थापनको विषयमा अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनको आलोचना गरेपछि उनी चर्चामा आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप