मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

जेलको सेलमा कसरी बितिरहेको छ आर्यनको दैनिकी ? बिहानदेखि रातीसम्म कस्तो हुन्छ कैदीको जेलभित्रको जीवन

बुधबार, ०३ कात्तिक २०७८, १३ : ४१
बुधबार, ०३ कात्तिक २०७८

आर्यन खानले जमानत पाउँछन् वा पाउँदैनन्, यसबारे बुधबार निर्णय हुँदैछ । आर्यनलाई एनसीबीले अक्टोबर २ मा हिरासतमा लिएको थियो । १८ दिन भयो आर्यनले जमानत पाउन सकेका छैनन् । आर्यन हाल आर्थर रोड जेलमा बन्द छन् । जेलमा हुँदा आर्यनले आफ्ना घरका सदस्यसँग भिडियो कलमा कुराकानी गरे ।

साथै घरबाट उनलाई ४५०० को मनी अर्डर पनि पठाइयो । तपाईंलाई लाग्छ होला कि शाहरुख खानसँग यति धेरै पैसा छ तरपनि ४५०० भारुको मनी अर्डर मात्रै किन पठाए ? भारतमा कैदीले कस्ता खाना पाउँछन् ? खानामा के–के हुन्छ ? बाहिरबाट कति पैसा मगाउन सकिन्छ ?

जेलमा केही किन्न पाइँदैन तरपनि तपाईंलाई किन पैसा चाहिन्छ ? सुत्ने–उठ्ने समय के हो ? र घरका सदस्यले भेट्नका लागि कस्ता नियम पालना गर्नुपर्छ भन्नेबारे जानकारी लिऔं । ​आर्यनलाई अहिले सजाय तोकिएको छैन, उनलाई सजाय पाएका कैदीबाट अलग राखिन्छ ?

पक्कै पनि । आर्यन अहिले विचाराधीन कैदी हुन् । जेलको नियम अनुसार उनलाई अहिले कैदी नम्बर र ड्रेस दिइनेछैन । साथै, उनका ब्यारेक पनि सजाय पाएका कैदीभन्दा भिन्न हुन्छ । यद्यपि, आर्यनलाई अन्डर ट्रायल कैदी नम्बर भने दिइएको छ ।

जेलमा कस्तो हुन्छ कैदीको दिनको सुरुवात ?

जेलको नियम अनुसार सूर्योदयदेखि सूर्यास्तसम्म मात्रै जेलको ासेल खोलिन्छ । त्यसैले बिहान ६ बजे नै सबै कैदीलाई उठाइन्छ । बिहान ७ बजे आसपास नास्तापछि दिउँसो खाना र करिब ६ बजेसम्म बेलुकाको खाना दिइन्छ । सूर्यास्त भएपछि सबै कैदीको गन्ती गरिएपछि पुनः सेलमा पठाइन्छ । करिब ८ बजे बत्ती निभाइन्छ ।

खानामा के दिइन्छ ?

खानाको मेन्यू हरेक जेलको हिसाबले फरक हुन्छ । कैदीलाई मौसमी तरकारी पनि दिइन्छ । नास्तामा चिया, पाउरोटी, चना, बिस्कुट दिइन्छ । बिहान र बेलुकाको खानामा दाल, भात, तरकारी, रोटी दिइन्छ । चाडपर्वमा केही विशेष खानेकुरा पाक्छन् ।

दिनभरी के गर्छन् कैदी ?

जेलको पूरा काम कैदी आफैले गर्छन् । सर–सफाई, खाना बनाउने, खाना पस्कने जस्ता दैनिक क्रियाकलापका लागि कैदीलाई ड्युटीमा लगाइन्छ ।

यसबाहेक पनि कैदीलाई विभिन्न काम लगाइन्छ । यसमा माली वा खाना पकाउने काम पनि दिइन्छ ।

ठूल्ठूला जेलमा कैदीले काम गर्नका लागि स–साना कारखाना पनि हुन्छन् । यसमा सिलाई, बुनाई जस्ता काम हुन्छन् । यस्ता काम गरेबापत् कैदीले तलब पनि पाउँछन् ।

कैदीले घरबाट कति पैसा मगाउन सक्छन् ?

हरेक कैदीले घरबाट हरेक महिना अधिकतम ४५०० भारुसम्म मगाउन सक्छन्, त्यो पनि मनीअर्डरमार्फत् । यसै कारण आर्यनलाई पनि उनको परिवारले ४५०० भारुको मनीअर्डर गरेका थिए । यो कुनै पनि कैदीलाई एक महिनामा दिइने पैसाको अधिकतम सीमा हो ।

जेलमा तपाईं यो पैसाले के गर्नुहुन्छ ?

तपाईंले सोच्नुभएको होला कि जेलमा तपाईं यो पैसाले के गर्नुहुन्छ ? वास्तवमा, जेलमा एउटा स्टोर हुन्छ, जसमार्फत् तपाईं कूपनमार्फत् खरिद गर्न सक्नुहुन्छ । यो कूपन तपाईं पैसाले खरिद गर्न सक्नुहुन्छ । यो कूपनलाई तपाईं जेलभित्रको पैसा भनेर बुझ्न सक्नुहुन्छ । कूपन किन्ने व्यक्तिले नै यसमार्फत् खरिद गर्न सक्छन् । यो कूपन २, ५, १० र २० भारु सम्म मात्रै हुन्छन् । एक समयमा तपाईं २ हजार भारुसम्मको कूपन राख्न सक्नुहुन्छ ।

घरका सदस्यले कहिले र कसरी भेट्न सक्छन् ?

कोरोना अघि कैदीले आफ्ना घरका सदस्यलाई भेट्न सक्थे तर कोरोनाका कारण हाल फोन कल वा भिडियो कलमार्फत् नै कुरा गर्न सक्छन् । एक कैदीले हप्तामा दुई पटक कसैसँग भिडियो कलमार्फत् कुरा गर्न सक्छन् । साधारणतया भौतिक उपस्थितिमा १० देखि दिउँसो २ सम्म कैदीका साथी, परिवारले उनलाई भेट्न सक्छन् ।

उपचारका लागि कस्ता सुविधा हुन्छन् ?

कैदीको हल्का–फुल्का रोगको उपचारका लागि जेलमा नै एउटा भिन्न कोठा बनाइएको छ र त्यहाँ एक डाक्टर पनि हुन्छन् । यद्यपि, गम्भीर बिरामी हुँदा कैदीलाई अस्पताल लगिन्छ ।

ब्यारेक पनि भिन्न हुन्छन्ः

– महिला र पुरुष कैदीलाई छुट्टै राखिन्छ ।

– २१ वर्षभन्दा कम उमेरका कैदीलाई वयस्क पुरुष कैदीभन्दा छुट्टै राखिन्छ ।

– विचाराधीन र सजाय तोकिएका कैदीलाई पनि छुट्टा छुट्टै राखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप