बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

वडा अधिवेशन हतारमा नगरियोस्ः अष्टलक्ष्मी शाक्य

बुधबार, ०३ कात्तिक २०७८, १५ : ००
बुधबार, ०३ कात्तिक २०७८

नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले पार्टीको वडा अधिवेशन र पालिका अधिवेशन यही कार्तिक ६ गते देशभर एकैपटक गर्ने पार्टीको निर्देशनप्रति विमति जनाएकी छन् । वडा अधिवेशन हतारमा नगर्न उनको माग छ । बागमती प्रदेशका मुख्यमन्त्रीसमेत रहेकी उपाध्यक्ष शाक्यले बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा वडा अधिवेशन हतारमा गरिहालौं र जोसुकै नेतृत्वमा आएपनि हुन्छ भन्ने पक्षमा आफू नरहेको बताइन् । 

 नेकपा एमालेले पार्टीको वडा तथा पालिका अधिवेशन देशभर एकैदिन गर्ने गरी निर्देशन जारी गरिसकेको बेला उपाध्यक्ष शाक्यले हतारमा गर्ने पक्षमा आफू नरहेको प्रतिक्रिया दिएकी हुन् । उनले आफूले पार्टी भित्र समूहगत स्वार्थ छिराउन नचाहेको पनि पटकपटक दोहो-याइन् । 

उपाध्यक्ष शाक्यले पार्टीलाई गुटमुक्त बनाउनु पर्ने आवश्यकता औंल्याइन् ।  समाजवादको लक्ष्य प्राप्त गर्न र सिंगो नेपालको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न पनि एमाले गुटमुक्त हुनुपर्ने उनको तर्क थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप