शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुदीपको गीत ‘म हिँडे घर..’ सार्वजनिक

बुधबार, ०३ कात्तिक २०७८, १५ : ००
बुधबार, ०३ कात्तिक २०७८

विदेशमा रहेका नेपालीहरुले चाडपर्वमा आफ्नो घर सम्झिएको भावनात्मक यथार्थले भरिएको गीत ‘म हिँडे घर..’ सार्वजनिक गरिएको छ । गायक सुदीप श्रेष्ठ ‘साम’ को स्वर रहेको गीतमा संगीत पनि उनकै रहेको छ ।

गायक सुदीप र मन्दिरा जोशीको शब्द रहेको गीत बाध्यतावश आफ्नो घरबाट टाढा रहि सुनौलो भविष्यको लागि संघर्ष गर्दै घर फर्कने दिनको प्रतिक्षामा रहेका प्रति समर्पित गरिएको गायक सुदीपले बताए । 

गीतको भिडियोमा सुवास महर्जन र जेस् भट्टराईको अभिनय देख्न सकिन्छ । रेलोनले संगीत संयोजन गरेको गीतको भिडियो गायक सुदीपले सुशील घिमिरे र रतिस तुलाधरसँग मिलेर निर्देशन गरेका हुन् ।

डेनमार्कको कोपेनहेगन र आसपासका स्थानमा छायाँकन भएको भिडियोमा सुशील घिमिरे र रतिस तुलाधरको छायाँकन रहेको छ । झापा घर भएका सुदीपले सन् २००२ मा ‘अनुरोध तिमीलाई’ बोलको गीत सार्वजनिक गर्दै गायन यात्रा प्रारम्भ गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप