मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

कमला नदीको पुल फेरि भासियो

बुधबार, ०३ कात्तिक २०७८, १५ : ०४
बुधबार, ०३ कात्तिक २०७८

हुलाकी राजमार्ग अन्तर्गत धनुषा र सिरहाबीच रहेको कमला नदीको पुल फेरि भासिएको छ । दुई दिनदेखिको अविरल वर्षाले बाढी आउँदा कमला नदीस्थित पुलको अर्को स्पान भासिएको हो ।

बुधबार मध्याह्न धनुषा जिल्लातर्फको ३ नम्बरको पिलर भासिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बास्तोलाले जानकारी दिए । उनले भने, ‘पुलको पिलर भासिएको सूचना आएको छ, कमला सिंचाई आयोजना र सुरक्षाकर्मीलाई निरीक्षण गर्न भनेका छौं ।’

यसअघि यो पुलको एउटा स्पाम १७ असारको अविरल वर्षाका क्रममा भासिएको थियो । त्यतिबेला सिरहाको बसपिट्टातर्फको स्पान भासिएको थियो ।

हुलाकी सडक अन्तर्गत सिरहा र धनुषालाई जोड्ने कमला पुलको झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसकेको थियो । पुल निर्माणको ठेक्का ०६८ मै पप्पु–लुम्बिनी जेभीले करिब २५ करोड रुपैयाँमा लिएको थियो ।

पछिल्लो समय लुम्बिनी बिल्डर्सले पुलको बाँकी काम सम्पन्‍न गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप