मङ्गलबार, ०६ चैत २०८०
ताजा लोकप्रिय

आर्यन खानलाई अदालतको झट्का : जमानत याचिका खारेज

बुधबार, ०३ कात्तिक २०७८, १५ : ३०
बुधबार, ०३ कात्तिक २०७८

क्रुज ड्रग्स पार्टी केसमा आरोपी आर्यन् खानको जमानत याचिका पुनः एकपटक खारेज भएको छ । मुम्बईको विशेष एनडीपीएस अदालतले आर्यनसमेत अरबाज मर्चेन्ट र मुनमुन धमिचालाई जमानत दिन अस्वीकार गरेको छ । २ अक्टोबरमा पक्राउ परेका आर्यन ८ अक्टोबरदेखि मुम्बईको आर्थर रोड जेलमा बन्द छन् । जेलमा आर्यनले कैदी नम्बर ९५६ को ब्याच पाएका छन् । आर्यनको १४ दिनको न्यायिक हिरासत पनि बिहिबार समाप्त हुँदै छ ।

आर्यन खानका वकिललले अब उनले उच्च अदालतको ढोका ढक्ढकाउने बताएका छन् । मुम्बईको विशेष अदालतमा जमानत याचिका आरेज भएपछि अब उनी आर्यन खानको जमानतका लागि उच्च अदालतमा निवेदन पेश गर्नेछन् । हाल, आर्यन आर्थर रोड जेलमा थप केही दिन बस्नुपर्नेछ । 

आरोपी, एनसीबीको तर्फबाट पेश भएका वकिल को हुन् ?

एनसीबीको तर्फबाट यो मामिलामा एएसजी अनिल सिंहले हेरिरहेका छन् र अदालतमा उनलाई श्रीराम शिरसातले सहयोग गरिरहेका छन् । शिरसात बम्बे हाइकोर्टमा रिया चक्रवर्ती ड्रग्स केसमा पनि एएसजीको मद्दत गरिरहेका थिए । एसपीपी अद्वैत सेठनाले पनि एनसीबीको प्रतिनिधित्व गरिरहेका छन् ।

 


 

आरोपी, विशेषगरी आर्यन खानको तर्फबाट वरिष्ठ अधिवक्ता सतिश मानशिन्दे र अमित देसाईले पैरवी गरिरहेका छन् । यी दुई यस्ता मुद्दाका लागि दिग्गज वकिल मानिन्छन् । मानशिन्देले सुशान्त ड्रग्स केसमा रिया चक्रवर्ती र देसाईले हिट एन्ड रन केसमा सलमानलाई अदालतबाट राहत दिलाएका थिए । यसैकारण १४ अक्टोबरको सुनुवाईका बेला दुई पक्षबीच जबरजस्ती टक्कर भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप