शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राष्ट्र बैङ्कको निर्देशनले उकालो लाग्यो सेयर बजार

बुधबार, ०३ कात्तिक २०७८, १५ : ३८
बुधबार, ०३ कात्तिक २०७८

नेपाल राष्ट्र बैङ्कले ब्याजदर घटाउन वाणिज्य बैङ्कहरूलाई दिएको ३ बुँदे निर्देशनले सेयर बजारमा उकालिएको छ । बैङ्कहरूले आफूखुसी ब्याजदर बढाएर ११ प्रतिशतभन्दा माथि पुर्‍याएपछि सेयर बजार सोमबार ६९ अङ्क र मंगलबार ७७ अङ्कले घटेको थियो ।

तर, हिजो साँझ राष्ट्र बैङ्कले २४ घण्टाभित्र ब्याजदर घटाउन निर्देशन दिएपछि बजारमा सुधार आएको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६० अङ्कले बढ्दै २५ सय ७१ अङ्क पुगेको छ । यस क्रममा २ अर्ब ६७ करोड ९० लाख रुपैयाँ बराबरको ६१ लाख कित्ता सेयर किनबेच भएको छ । बजार ६० अङ्कले बढ्दा सबै समूहमा सुधार आएको छ । आज निर्जीवन बीमा समूह २४८ र जीवन बीमा समूह सबैभन्दा बढी १८९ अङ्कले बढेको छ ।

यसपछि विकास बैङ्क समूहमा १४१, उत्पादनमूलक समूह १२२, वित्त १२१, जलविद्युत १०८ र होटल एण्ड टुरिजम समूह ९१ अङ्कले बढेको छ । बजार बढेको दिन मैलुङ खोला विद्युत् कम्पनी, आँखु खोला, युनिभर्सल पावर, सीईडीबी हाइड्रोपावरसहित थप ४ वटा कम्पनीको लगानीकर्ताले मनग्य कमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप