शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

विप्लव नेतृत्वको नेकपाका कार्यकर्तालाई निर्देशन : बाढी प्रभावितको उद्धारमा खटौँ

बुधबार, ०३ कात्तिक २०७८, १६ : ३६
बुधबार, ०३ कात्तिक २०७८

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बाढी, पहिरो र डुबानमा परेर मृत्यु भएका परिवार परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । बुधबार सो पार्टीका प्रवक्ता प्रकाण्डले एक विज्ञप्ति जारी गरी सो माग गरेका हुन् । सो पार्टीले बाढी र पहिरोमा परेर घाइते भएकाहरुको निशुल्क उपचार गर्न समेत माग गरेको छ ।

जारी विज्ञप्तिमा भनिएको छ : ‘मृतकका परिवारहरुलाई उचित राहतको व्यवस्था, घाइतेहरुको निशुल्क र प्रभावकारी उपचार, बेपत्ता नागरिकहरुको तीव्रतामा खोजी र जोखिमको आतंकमा बसेका बस्तीहरुको सुरक्षित पुनर्वासको व्यवस्था गर्न नेपाल सरकारसँग हाम्रो पार्टी विशेष माग गर्दछ ।’ सो पार्टीले प्रभावित जनताको उद्धार र राहतको कार्यमा संलग्न हुन सिंगो पार्टी पंक्तिलाई निर्देशन समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप