बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बिक्री नभएका खसीबोका जिल्ला फिर्ता

बुधबार, ०३ कात्तिक २०७८, १६ : ५७
बुधबार, ०३ कात्तिक २०७८

गत वर्षको तुलनामा यसवर्ष दसैँमा खसीबोका कम बिक्री भएसँगै व्यापारीहरुले बाँकी रहेका खसीबोका गाउँ फर्काउन थालेका छन् । दसैँमा काठमाडौं उपत्यकाबाट सर्वसाधारणहरू गाउँ फर्किएपछि खसीबोका बजारमा गत वर्षको झैँ बिक्री वितरण नहुँदा बिक्री गर्न बाँकी रहेका खसिबोकाहरुलाई व्यापारीहरुले गाउँ फर्काउन थालेका हुन् । काठमाडौं उपत्यकामा यस वर्ष माग भन्दा धेरै खसीबोका भित्र्याएपछि बिक्री नभएको काठमाडौं चौपाया खरिदबिक्री प्रालिका बजार व्यवस्थापक जीवरराज खतिवडाले बताए । यस वर्ष काठमाडौं चौपाया खरिदबिक्री प्रालिमा ३५ हजारसम्म खसीबोका ल्याएको र २५ हजारसम्म बिक्री भएको उनको भनाइ छ ।

बजार व्यवस्थापक खतिवडाले भने, ‘कोरोना भाइरसको महामारी आएसँगै हरेक क्षेत्रमा यसको असर गरेको छ, पर्यटन क्षेत्र माथि उठ्न नसक्दा व्यापार भएको छैन, यसको प्रत्यक्ष असर खसीबोका व्यवसायमा पनि परेको छ, गत वर्ष भन्दा यस वर्ष आयात पनि धेरै भयो, पोहोरको अनुपातमा बिक्री वितरण कम भयो, २५ हजार विक्री भए, ३० हजारदेखि ३५ हजारसम्म खसीबोका आयात भएको थियो, बाँकी रहेका खसीबोका हामीले व्यापारीहरूलाई गाउँ नै फिर्ता गरिदिएका छौँ, अप्रत्यासित रुपमा काठमाडौं उपत्यकामा खसीबोका भित्रिँदा बिक्री कम भएको हो ।’

बजार व्यवस्थापक खतिवडाले नेपाल सरकारले बजारको मागअनुसार काम नगरेको भन्दै सरकार पक्षबाट बजारीकरणको व्यवस्था मिलाइनु पर्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप