बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

ईङवा हाइड्रोपावर शेयर निष्काशनको जिम्मा  नेपाल एसबिआई मर्चेण्टलाई

बुधबार, ०३ कात्तिक २०७८, १८ : २७
बुधबार, ०३ कात्तिक २०७८

ईङवा हाइड्रोपावर लिमिटेडकोसाधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन तथा बिक्रीको जिम्मा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडले पाएको छ ।  प्रति शेयर अंकित मूल्य एक सय रुपैयाँ दरको १९,६०,००० कित्ता शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एसबिआई मर्चेन्ट नियुक्त भएको हो । 

ईङवा हाइड्रोपावरको कार्यालय थापाथलीमा आयोजित एक समारोहबिच मर्चेण्टका तर्फबाट प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारी र ईङवाको तर्फबाट सञ्चालकसतिश न्यौपानेले धितोपत्र निष्काशन तथा विक्री प्रबन्धक सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

ईङवा हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लामा ९.७ मे.वा. क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप