काँग्रेस संगठन विभाग प्रमुख श्रेष्ठद्वारा बाढी-पहिरो पीडितको सहयोगमा जुट्न कार्यकर्तालाई निर्देशन
नेपाली काँग्रेस पूर्व उपसभापति गोपालमान श्रेष्ठले बाढी, पहिरो र डुबानमा परेकाहरुको सहयोगमा जुट्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका छन् । बुधबार एक विज्ञप्ति जारी गर्दै तथा संगठन विभाग प्रमुख समेत रहको श्रेष्ठले बाढी पहिलो र डुबान प्रभावित जिल्लाका नेता कार्यकर्तालाई उद्दार र राहत कार्यमा जुट्न निर्देशन दिएका हुन् ।
यस्तै श्रेष्ठले घाइतेहरूको यथाशीघ्र उपचारको प्रबन्ध, बेपत्ताहरुको खोजतलास र मृतकका परिवार एवं प्रभावितहरुलाई तत्काल राहत र उद्दारको व्यवस्था गर्न सरकारसँग माग गरे । यस्तै उनले कृषकको खेत खेतमा भित्र्याउन तयार भएको धानबाली नष्ट भएकोले तत्काल राहतको व्यवस्था गर्न सरकार गम्भीर ध्यानाकर्षण गराएका छन् । अविरल वर्षाका कारण देशका विभिन्न मागमा गएको बाढी, पहिरो र डुबानबाट ७८ जनाको मृत्यु २६ जना बेपत्ता र २२ घाइते भएको खबरले अत्यन्तै दुखित भएको बताए । बेमौसमको बर्षाले निम्त्याएको यस दुःखद घडीमा मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना समेत प्रकट गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रमुख कार्यकारी अधिकृतको लागि दरखास्त आह्वान
-
काठमाडौँ महानगरले माग्यो कृषि विज्ञ
-
आज काठमाडौँका यी स्थानमा विद्युत् सेवा दिनभरजसो अवरुद्ध हुने
-
मासिँदै सडकपेटी, हराउँदै पैदलमार्ग (फोटोफिचर)
-
एसीसी प्रिमियर कप : तेस्रो स्थानका लागि नेपाल र हङकङ भिड्दै
-
पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण