पाँचथरमा बाढी र पहिरामा परी मृत्यु हुनेको सङ्ख्या २७ पुग्यो, दुई स्वास्थ्यकर्मीसमेत बेपत्ता
पाँचथरमा बाढी र पहिरामा परी हालसम्म २७ जनाको मृत्यु भएको छ । जिल्लाको मिक्लाजुङ गाउँपालिकामा मात्रै बाढी र पहिरामा परी २१ जनाको मृत्यु भएको छ । यस गाउँपालिका– ५ कुरुम्बामा मात्रै हालसम्म १५ जनाको पहिराले पुरिएर मृत्यु भएको छ । उक्त गाउँपालिका– १, २, ४ र ७ मा गरी थप छ जनाको मृत्यु भएको हो ।
मिक्लाजुङ गाउँपालिकामै दुई जना स्वास्थ्यकर्मीलाई समेत पहिराले पुरेको छ । गाउँपालिका अध्यक्ष अमरराज माखिमका अनुसार पहिरामा परी घाइते भएका स्थानीयवासीको उपचारका लागि इलामको माङ्सेबुङ गाउँपालिकाबाट आएका दुई जना अहेबलाई समेत पहिराले पुरेको हो । “अहिलेसम्म उहाँहरूका छाता भेटिएको छ । पहिराले दुई जना अहेबसहित तीन जनालाई सोरेर लगेको छ”, अध्यक्ष माखिमले भने ।
निरन्तरको वर्षाका कारण उद्धार कार्यमा कठिनाइ भएको र मानवीय तथा भौतिक क्षतिका विवरण आइरहेको अध्यक्ष माखिमले बताए । जिल्लाको फाल्गुनन्द गाउँपालिकामा तीन जना, फिदिम नगरपालिकामा दुई जना र कुम्मायक गाउँपालिकामा एक जनाको पहिरामा परी मृत्यु भएको छ । बाढी तथा पहिराका कारण हालसम्म तीन जना बेपत्ता हुनुका साथै छ जना घाइते भएका छन् । निरन्तरको वर्षाका कारण मेची राजमार्ग, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, तमोर करिडोर सडकसहित जिल्लाका अधिकांश सडक क्षतिग्रस्त बनेका छन् । बाढी र पहिराले सयौँको सङ्ख्यामा घर, गोठ तथा सार्वजनिक भवनमा क्षति पु¥याएको छ । पाँचथर, तेह्रथुम र धनकुटाको सिमानामा अवस्थित नावा खोलामा रहेको अस्थायी प्रहरी चौकी बाढीले पुरेको छ ।
जिल्लामा क्षतिको थप घटना टेलिफोन अवरुद्ध हुँदा बाहिर आउन सकेका छैनन् । सडक अवरुद्ध हुनाले उद्धार कार्यसमेत जटिल बनेको छ । जिल्लामा सयौँ घर क्षतिग्रस्त हुँदा स्थानीयवासी विस्थापित बनेका छन् । सुक्खाग्रस्त क्षेत्रका रुपमा रहेका जिल्लाको कुम्मायक र तुम्बेवा गाउँपालिकामा समेत वर्षाका कारण बाढी र पहिरो गएको छ । तुम्बेवा गाउँपालिकाका अध्यक्ष होमनाथ थापाका अनुसार केही घर पहिराले पुरेको छ भने बाढी र पहिराका कारण एक दर्जन बढी परिवार विस्थापित बनेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रलाई विश्वासमा लिएर नेपालमा लगानीमैत्री वातावरण छ भन्ने सन्देश प्रवाह गर्नुपर्छ : प्रधानमन्त्री
-
सहिद पत्नीको व्यथा : सहिद परिवारको परिचयपत्रकै खिल्ली उडाइन्छ
-
भारतबाट मात्रै ३६ अर्ब बराबरको खाद्यान्न आयात
-
आईपीएलमा आज : लखनउसँग हारको बदला लिने धुनमा चेन्नई
-
पोखरा मुग्लिङ सडक : सम्झौताको म्याद सकियो, आधा काम पनि सकिएन
-
लोकतन्त्र त आयो, युवा पलायन किन बढ्यो ?