शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

बिहीबार, ०४ कात्तिक २०७८, ०९ : १३
बिहीबार, ०४ कात्तिक २०७८

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसिरहेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा पार्टीको सङ्गठन विस्तारलगायत समसामयिक विषयमा छलफल गर्ने एजेण्डा रहेको स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले जानकारी दिए ।

यसअघि सोमबार र मंगलबार बसेको सो पार्टीको बैठकले विभिन्न आयोग गठन गरेको थियो । निर्वाचन आयोग, अनुशासन आयोग र लेखा आयोग तथा जेष्ठ कम्युनिस्ट मञ्च गठन गरेको माओवादीले आजको बैठकले ति कमिटीलाई पूर्णता दिने जनाएको छ । 

आगामी पुस महिनामा राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको सो पार्टीले सदस्यता वितरणको कार्यतालिका समेत संशोधन गरी कात्तिक २५ गतेसम्म पुर्याएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप