शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्यनपछि एनसीबीको निशानामा करण जोहर, दुई वर्ष पुरानो भिडियोको मुद्दा अझै भएको छैन बन्द

बिहीबार, ०४ कात्तिक २०७८, १० : ३६
बिहीबार, ०४ कात्तिक २०७८

आर्यन खानपछि एनसीबीको निशानामा फिल्म निर्माता तथा निर्देशक करण जोहर छन् । एक् वर्ष अघि करणको पार्टीको जुन भिडियो भाइरल भएको थियो, त्यसमाथि एनसीबीको अनुसन्धान अहिलेसम्म बन्द भएको छैन । केन्द्र सरकारले मुम्बई एनसीबीको क्षेत्रीय निर्देशक समिर वानखेडेलाई ६ महिनाको थप समय दिएको छ ।

यी ६ महिनामा थुप्रै बलिउड सेलिब्रिटी एनसीबीको रडारमा हुनेछन् । एनसीबीसँग सम्बन्धित एक अधिकारीले भारतीय सञ्चार माध्यमसँगको कुराकानीमा आफ्नो नाम नबताउने शर्तमा करण जोहरको पार्टीको भिडियो अहिले पनि अनुसन्धानको दायरामा भएको बताए । उक्त भिडियोमा रणबीर कपुर, विक्की कौशल, वरुण धवन, मलाइका अरोडा, दीपिका पादुकोण, अर्जुन कपुर, शाहिद कपुर, निर्देशक अयान मुखर्जी देखिएका छन् । उक्त भिडियो २८ जुलाई सन् २०१९ को बताइएको छ ।

उक्त भिडियोलाई करण जोहर आफैंले सोसल मिडियामा सेयर गरेका थिए । त्यसपछि उक्त पार्टीमा सेलिब्रिटीले ड्रग्स लिइरहेको आरोप लगाइएको थियो । यद्यपि, करण जोहर आफैंले पनि पार्टीमा कसैले पनि ड्रग्स नलिएको स्पष्टिकरण दिए ।

 
 
 
 
 
 
 
 
 
 
 
 
 
 
 

A post shared by Karan Johar (@karanjohar)

पहिलो चरणको भिडियोपछि भिडियोमा केही आपत्तिजनक तत्व पाइएको थिएन, यो अनुसन्धान त्यतिबेला गरिएको थियो जब सुशान्त सिंह राजपूतको मृत्युपछि ड्रग्स एंगलमाथि अनुसन्धान सुरु भएको थियो ।

वानखेडेको निशानमा बलिउडः

स्रोतका अनुसार समीर वानखेडे आफ्नो ६ महिनाको थप समयमा  बलिउडको पिछा छोड्ने छैनन् । अहिले पनि सुशान्त सिंह राजपूतको मृत्युपछि ड्रग्स केस चलिरहेको छ, करण जोहरको पार्टीको भिडियो भाइरल भएको थियो । करण जोहरले पार्टीमा कसैले पनि ड्रग्स नलिएको बताएका थिए तर उक्त पार्टीमा समावेश सेलिब्रिटी अहिले पनि एनसीबीको रडारमा छन् ।

रिया, अरमान र आर्यनको ड्रग्सको केस एक–आपसमा जोडिएको छः

एनसीबीको अनुसन्धानमा रिया र शौविक चक्रवर्ती ड्रग्स केस, अरमान कोहली ड्रग्स केस र आर्यन ड्रग्स केस एक–आपसमा सम्बन्धित छन् । लागुऔषध कारोबारीदेखि ड्रग्सको सेवन गर्नेहरुले एक–अर्कालाई चिन्दछन् वा सँगै ड्रग्स लिन्छन् वा ओसारपसार गर्छन् ।

आर्यनको मुद्दा एनसीबीका लागि प्रतिष्ठाको कुरा बनेको छ । एनसीबीमाथि प्रश्न पनि उठ्न थालेका छन् कि कुनै ठोस् प्रमाण बिना नै शाहरुखका छोरालाई तनाव दिइँदैछ । यसअघि पनि दीपिका पादुकोण, श्रद्धा कपुर, सारा अली खानबारे पनि एनसीबीमा प्रश्न उठिसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप