बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

दसैँलगत्तै चाँदीको मूल्य थप बढ्यो, सुनको मूल्यमा सामान्य वृद्धि

बिहीबार, ०४ कात्तिक २०७८, १२ : १७
बिहीबार, ०४ कात्तिक २०७८

दसैँ लागेसँगै उकालो लाग्न थालेको चाँदीको मूल्य वृद्धिको ग्राफ थप उचाइमा पुगेको छ । दसैँ सकिएको भोलिपल्ट अर्थात् आज बिहीबार मात्र चाँदीको मूल्य एक हजार २६० रुपैयाँ पुगेको हो । जबकी गत असोज २५ गतेसम्म चाँदीको मूल्य जम्मा एक हजार १८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो । 

२५ गतेबाट बढ्न थालेको चाँदीको मूल्य आज कार्तिक ४ गतेसम्म आइपुग्दा तोलामा ८० रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २५ गते एक हजार १८० रुपैयाँमा कारोबार भएर बन्द भएको बजारमा कार्तिक १ गते एकैपटक अधिकतम ४५ रुपैयाँले वृद्धि हुँदै चाँदीको मूल्य एक हजार २२५ रुपैयाँ पुगेको थियो । 

यस्तै, कार्तिक २ गते १० रुपैयाँले वृद्धि हुँदै एक हजार २३५ रुपैयाँ र ४ गते थप २५ रुपैयाँले वृद्धि हुँदै एक हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । यता सुनको मूल्य भने सामान्य वृद्धि भएको महासंघले जनाएको छ । गत असोज २५ गते तोलामा ९० हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज कार्तिक चार गते ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । 
गत बुधबारको तुलनामा आज बिहीबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले वृद्धि भएको हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप