शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अफगानिस्तानमा धमाधम आइएस लडाकू पक्राउ

बिहीबार, ०४ कात्तिक २०७८, १५ : १६
बिहीबार, ०४ कात्तिक २०७८

अफगानिस्तानमा धमाधम इस्लामिक स्टेट्स (आइएस) का लडाकूहरु पक्राउ परेका छन् । सरकारी सुरक्षा अधिकारीहरुले दिएको जानकारीअनुसार पछिल्लो एक महिनामा २५० लडाकू पक्राउ परेका छन् ।   अफगानिस्तानमा तालिबान विद्रोहीहरुले सत्ता कब्जा गरेपनि अर्को विद्रोही समूह आइएसससँगको द्वन्द्व भने कायमै रहेको छ । 

“पछिल्लो एक महिनामा आइएस समूहसँग सम्वन्धित झण्डै २५० लडाकूलाई सरकारी सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन्,” टोलो न्युज टेलिभिजन च्यानलमा तालिबान प्रवक्ता जाबिउल्लाह मुजाहिदले भने ।

पक्राउ परेका केही लडाकूसँगै आक्रमणका लागि प्रयोग हुने विस्फोटक पदार्थ तथा हतियारहरू समेत बरामद गरिएको उनको भनाई छ । आइएस लडाकूहरुले अफगानिस्तानमा आक्रमणको तयारी गरिरहेको पनि समाचारमा जनाइएको छ । –सिन्ह्वा 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप