कहीँ नभएको जात्रा हाँडीगाउँमा ! कस्तो होला यो जात्रा ? (फोटोफिचर)
काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँमा बिहीबार जात्रा सम्पन्न भएको छ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ समेत भनिने यो जात्रा गत वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगन गरिएको थियो । तर यसवर्ष भने स्वास्थ्य मापदण्ड पालना गर्दै सम्पन्न गरिएको हो ।
नेपालीबीच चर्चित उखानै रहेको ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा ।’ आखिर होलाचाहिँ कस्तो ? धेरैलाई चासो हुनु स्वाभाविक हो । यो जात्राको आफ्नै विशिष्ट पहिचान र छुट्टै मौलिकता छ । प्रत्येक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्ट लाग्ने यो जात्रामा बनाइएको रथको बनावट अन्य भन्दा फरक हुन्छ । हाँडीगाउँको जात्रामा अन्य जात्राभन्दा ठीक उल्टो गरी तल गजुर र माथि देवताको मूर्ति राखिन्छ । अन्य देवीदेवताको रथ तथा मन्दिर निर्माण गर्दा तल्लो भागमा ठूलो त्यसपछि सानो गर्दै निर्माण गरिन्छ र सर्वोच्च भागमा गजुर राखिन्छ ।
किम्वदन्ती अनुसार लिच्छवीकालबाट यो जात्रा चलेको जनविश्वास रहीआएको छ । जात्रामा सम्मिलित हुने महेश्वरको मूर्तिमा अंकित सम्वत् ८ सय ४९ ले यसलाई पुष्टि गरेको छ । यो जात्रामा ब्रम्ह, विष्णु र महेश्वरको पूजा गरिन्छ । यो जात्रा हेर्नाले तथा त्रिदेवको एक पटक दर्शन गर्नाले घरमा महालक्ष्मीको बास हुनका साथै मनोकामना सिद्ध हुने जनविश्वास रहि आएको छ ।
यो जात्रामा पाँच जनाले धिमेबाजा बजाउनुपर्ने र ३० जनाले रथ बोक्नुपर्ने प्रचलन पनि छ ।


















खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शोधनान्तर स्थिति साढे ८ खर्ब र चालु खाता झण्डै ८ खर्बले बचतमा
-
महावीरले तोके आफ्नो कार्यकाल
-
मन्त्रिपरिषद् पुनर्गठन : कसको वरीयता कति ?
-
विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो, १९ महिनाभन्दा बढीको वस्तु तथा सेवा आयात धान्न पर्याप्त
-
सचिव कृष्णहरि पुष्करमाथि सम्पत्ति शुद्धीकरणमा अनुसन्धान सुरु
-
विप्रेषण आप्रवाहमा ४१ प्रतिशतको ऐतिहासिक छलाङ, १० महिनामै भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण