बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

गौरीका लागि शाहरुखले ‘विला वियना’ लाई बनाए ‘मन्नत’, यसमा छन् अफिसदेखि नीजि हलसम्मका सबै सुविधा

बिहीबार, ०४ कात्तिक २०७८, १७ : ०९
बिहीबार, ०४ कात्तिक २०७८

बलिउडका बादशाह शाहरुख खान आफ्नो परिवारसँग मुम्बईको बान्द्रा इलाकास्थित ब्यान्डस्ट्यान्डमा बस्छन् । समुद्रको किनारामा अवस्थित मन्नत बाहिर दैनिक हज्जारौं मानिस शाहरुख खानको एक झलक पाइन्छ कि भन्ने आशमा लाइन लागेर बसिरहेका हुन्छन् ।

पछिल्ला थुप्रै दशकदेखि मन्नत बाहिर प्रशंसकको भीड नलागेको दिन नै छैन । तर आज यो बंगला नारकोटिक्स कन्ट्रोल ब्यूरोको छापाका कारण चर्चामा छ । यसैबीच, मन्नत भित्र के कस्ता सुविधा छन् र भित्रबाट यो कस्ता देखिन्छ भन्ने बारे चर्चा गरौं ।

शाहरुखले कसरी पाए, आफ्नो सपनाको घर ?

शाहरुख खानको बंगला मन्नत वर्षौं अघि गुजराती मूलको पारसी परिवारसँग सम्बन्धित किकू गान्धीको थियो । उनी मुम्बईको प्रतिष्ठित शिमाल्ड आर्ट ग्यालरीका संस्थापक थिए । वर्षौं अघि शाहरुख किकूका छिमेकी थिए ।

किकूले आफ्नो घरको नाम विला वियना राखेका थिए । यसले उनले त्यो जमानामा विभिन्न विलासी सुविधा राखेका थिए । शाहरुखलाई आफ्ना छिमेकीले आफ्नो घर भाडामा दिनेबारे सोचिरहेका छन् भन्ने थाहा भयो तब उनले उक्त घर खरिद गर्ने प्रस्ताव राखे । शाहरुखले घर खरिद गर्ने सोच बनाइराख्दा उनले ‘यस बस’ फिल्मको सुटिङ गरिरहेका थिए । थुप्रै मुश्किलपछि शाहरुखले सन् २००१ मा यो घर १३.३२ करोड भारुमा खरिद गरे । आज यो घरको मूल्य ३५० करोड भारुभन्दा बढी छ ।

शाहरुखले गौरीका लागि किनेका थिए विलासी बंगलाः

शाहरुखले श्रीमती गौरीका लागि यो सपनाको घर खरिद गरेका थिए । मुम्बईका आर्किटेक्ट क्याफ वकिहले ६००० वर्ग फिटको यो बंगलालाई नविकरण गरेका थिए । शाहरुखकी श्रीमती गौरी एक इन्टेरियर डिजाइनर हुन् । उनले सन् १९२० को रोयल थीममा आफ्नो घरलाई भित्रबाट सजाइन् । यसलाई सजाउनका लागि शाहरुखले करोडौं रकम खर्च गरेका थिए ।

विला वियना खरिद गरेपछि शाहरुखले यो बंगलाको नाम जन्नत राख्न चाहन्थे तर पछि उनले आफ्नो घरको नाम मन्नत राखे ।

६ तले मन्नतमा शाहरुख खानको परिवार दुई तलामा  बस्ने गर्छ । अन्य तलालाई अफिस, नीजि बार, नीजि हल, स्विमिङ पुल, गेस्ट रुम, जिम, लाइब्रेरी, प्ले एरिया र पार्किङजस्ता अन्य सुविधाका लागि प्रयोग गरिएको छ ।

मन्नतमा पाँच विलासी बेडरुम, मल्टिपल लिभिङ रुम र डाइनिङ एरिया छ ।

शाहरुखले यो घरमा एउटा विशेष स्थान बनाएका छन् जहाँ शाहरुखले आफ्नो करियरमा पाएका हरेक अवार्डलाई सजाएर राख्छन् ।

यो बंगलाको ढाँचा २० औं शताब्दिको ग्रेड थ्री हेरिटेजको जस्तो छ, जुन हरेक तर्फबाट उत्कृष्ट देखिन्छ । आकाशतिरबाट, पछाडिबाट र किनाराबाट । मन्नतको हरेक तलाबाट समुद्रको सुन्दर दृश्य देख्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप