शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

आईफोन १३ को प्रि–बुकिङ खुला, कुन मोडलको मूल्य कति ?

बिहीबार, ०४ कात्तिक २०७८, १९ : ३३
बिहीबार, ०४ कात्तिक २०७८

आईफोनको नयाँ सिरिज आईफोन १३ को प्रि–बुकिङ खुला भएको छ । नेपालका लागि एकमात्र आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेशन प्राइभेट लिमिटेड वा जेनएक्सटीले हालै आईफोन १३ सिरिजको लागि आफ्नो प्रि–बुकिङको घोषणा गरेको हो । 
आईफोन १३ ले अमेरिकामा २४ सेप्टेम्बर २०२१ बाट आफ्नो सिपिंगको सुरूवात गरेको थियो । यसको वितरण नेपालमा २९ अक्टोबर २०२१ बाट सुरु हुदैछ । यो वर्ष यसको लन्च अघिल्लो वर्षको तुलनामा छिटो रहेको कम्पनीले जनाएको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुने कम्पनीले जनाएको छ । ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्नेछन् । प्रि–बुकिंगकै अबसरमा ग्राहकले ३० हजारभन्दा माथिको नगद छुटका साथै विभिन्न अफरहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । 

जस अन्तर्गत आईफोन १३ किन्ने ग्राहकलाई रोडहाउस क्याफेमा १० प्रतिशत, द एभरेस्ट होटलमा १५ प्रतिशत, बिइन्ग ह्युमन नेपालमा १० प्रतिशत, भेन्चुरिनी सुजमा १० प्रतिशत, राइट च्वाइस नेपालमा २५ प्रतिशत, बाइकर्स मार्टमा १० प्रतिशत, अर्बन फुडमा १५ प्रतिशत, नील डेभिडको सैलुनमा १० प्रतिशत, केज फिटनेसमा २० प्रतिशत र अप्सन दरबारमार्गमा ५० प्रतिशत सम्मको छुट दिने जनाएको छ । यस बाहेक कम्पनीले ग्राहकलाई एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागी १ बर्ष को वारेन्टी समेत उपलब्ध गराउने जनाएको छ ।

उत्पादनहरुको तोकिएको मूल्य तल दिइएको छ र यो ग्रे बजारको वर्तमान मूल्यहरुको तुलनामा धेरै प्रतिस्पर्धात्मक रहेको छ र केहि मोडलहरुको लागी भारतीय आरआरपी मूल्य निर्धारणको तुलनामा अधिक उचित पनि रहेको छ । वर्तमान लाइनअप रहेको यसको बेस मोडल १२८ जीबीकोे साथ सम्पूर्ण १३ सिरिजको लागी शुरू गरीएको छ जुन आईफोन १२ लाइनअपको ६४ जीबी भन्दा धेरै राम्रो रहेको छ । नयाँ मोडेलमा मुख्य बिशेषता भनेको यसको क्यामेरा हो जसमा एक सिनेम्याटिक मोडको सुविधा पनि रहेको छ जसले यसलाई एक प्रोफेसनल भिडियो क्यामेराको रूपमा दाबी गरेको छ – जुन ४ के भिडियोहरुकोे लागी पनि निकै उपयुक्त रहेको छ ।

यसको अर्को ठूलो बिशेषता भनेको प्रो मोडेलमा रहेको १२० हर्ट्ज प्रो मोशन डिस्प्ले हो जुन सबै ग्राहकहरुको लागि निकै नै उपयुक्त रहेको हुन्छ । आईफोनमा रहेका नचहरु साना छन् र क्यामेरा मोड्युलहरु धेरै ठूलो छन् जसले गर्दा यसलाई अहिले सम्म कै सबै भन्दा राम्रो आईफोन एप्पल बनाएको छ । 
कुन मोडलको मूल्य कति ?


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप