शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रेमीसँगको तस्बिरमा इन्दिरा लेख्छिन् ‘तिम्रो अँगालो मेरो घर’

शुक्रबार, ०५ कात्तिक २०७८, १० : २६
शुक्रबार, ०५ कात्तिक २०७८

गायिका इन्दिरा जोशी र शरद केडिया बिचको प्रेम केही अगाडि सार्वजनिक भएको हो । हेलिकोप्टर चार्टरमा खुम्बु पुगेर उनीहरुले प्रेम बाहिर ल्याएका थिए । सो क्रममा प्रेमी शरदले इन्दिरालाई औँठी लगाइदिएर विवाहको प्रस्ताव समेत राखे । प्रेमीको शरदको प्रस्ताव आफुले स्वीकार गरेको इन्दिराले सामाजिक संजाल मार्फत बाहिर ल्याएकी थिइन् । केही बर्षको चिनजान इन्दिरा र शरदले प्रेममा बदलेका हुन् । केही अगाडि विवाहको बारेमा सोध्दा इन्दिराले विवाह टुङ्गो नभएपनि इन्गेजमेन्ट गर्ने तयारी बताएकी थिइन् ।

प्रेम सार्वजनिक गरेपछि इन्दिरा शरदसँग सार्वजनिक स्थानमा आकलझुकल देखिन थालेकी छन्, भने सामाजिक संजालबाट पनि प्रेमी शरदलाई माया दर्साइरहेकी छन् । केही अगाडि काठमाडौंको किङ्स लाउन्चमा पनि उनी प्रेमी शरदसँग पुगेको तस्बिर बाहिर आएको थियो । अहिले भने इन्दिराले प्रेमी शरदको अँगालोमा बाँधिएको एक तस्बिर सार्वजनिक गर्दै उनी प्रति प्रेम ब्यक्त गरेकी छन् ।  तस्बिरका साथ उनले लेखेकी छन् ‘मेरो अँगालो तिम्रो लागि, तिम्रो अँगालो मेरो घर ’ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप