
क्रिष्ट्रियन मिसनरी समूहका १७ जना बन्धक, हत्या गर्ने हैटीका गुण्डा नेताको धम्की
हैटीको ४०० माओजो ग्याङका नेता विल्सन जोसेफले बन्धक बनाइएका १७ जना अमेरिकीहरुलाई मार्ने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै आफ्ना माग पूरा नभएर बन्धकहरूलाई हत्या गर्ने चेतावनी दिएका हुन् ।
अमेरिकाको ओहियोस्थित क्रिष्ट्रियन एड मिनिस्ट्रीज नामक मिसनरी संस्थाले यी व्यक्तिहरुलाई हैटी पठाएको थियो । आफ्ना सदस्यहरु पक्राउ परेपछि यस संस्थाले एक दिन व्रत बस्न र रिहाइका लागि यशुको प्रार्थना गर्न बिहीबार आग्रह गरेको छ ।
‘यदि मैले मागेको कुरा पाइँन भने म यी अमेरिकीहरुको टाउकोमा गोली हान्नेछु,’ जोसेफले भिडियोमा भनेका छन् । अघिल्लो हप्ता हैटीका अधिकारीहरुले यो ग्याङले प्रतिव्यक्ति १० लाख अमेरिकी डलर फिरौती मागेको जनाएको थियो ।
हैटीमा पछिल्लो समय सुरक्षा व्यवस्था निकै खराब छ । क्रिष्ट्रियन मिसनरीहरु अपहरणमा परेको केही समयपछि १८ अक्टोबरमा सुरक्षा व्यवस्था सुदृढ बनाउनुपर्ने माग गर्दै हैटीका कामदारहरूले आम हड्ताल सुरु गरेका थिए । बिहीबार लगातार पाँचौ राजधानी पोर्ट एयु प्रिन्समा प्रदर्शन भएको थियो ।
कमेन्ट
कमेन्ट गर्नुहोस्
यो पनि पढौँ

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ