बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

इतिहासमा आज : भारतको पहिलो लुनार मिसन जुलियान असान्जद्वारा महत्वपूर्ण कागजात चुहावट

शुक्रबार, ०५ कात्तिक २०७८, १२ : ५३
शुक्रबार, ०५ कात्तिक २०७८

भारतको पहिलो लुनार मिसन
सन् २००८ मा भारतको अन्तरिक्ष अनुसन्धान संगठनले मानवरहित यान अन्तरिक्षमा पठाएको थियो ।  चन्द्रयान–१ नाम दिइएको सो यान सन् २००८ को १४ नोभेम्बरमा चन्द्रमामा अवतरण गरेको थियो । यस उपलब्धिसँगै चन्द्रमामा यान पठाउने भारत पाँचौँ देश बनेको थियो ।
 
चीनमा लङ मार्च समाप्त
सन् १९३६ मा चीनका नेता माओ जेदोङको नेतृत्वमा भएको रेड आर्मीका सदस्यहरुले सुरु गरेको ६ हजार माईल लामो यात्रा द लङ मार्च समाप्त भएको थियो । 
 
प्यारासुटबाट हाम फाल्ने पहिलो व्यक्ति
सन् १९७९ मा फ्रान्सेली नागरिक एन्ड्रि ज्याक्स गारनेरिन फ्रान्सको राजधानी पेरिसस्थित पार्कबाट बेलुनमार्फत उडेर इतिहास रचेका थिए ।
 
जुलियान असान्जको चुहावट
सन् २०१० मा विकिलिक्सका संस्थापक जुलियान असान्जले इराक र अफगानिस्तान युद्धसँग सम्बन्धित हजारौ गोप्य कागजात चुहावट गरेका थिए ।

हेईटीको राष्ट्रपति
सन् १९५७ मा फान्कोइस दुभालियर हेइटीको राष्ट्रपति बनेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप