शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

रोहिंग्या क्याम्पमा फायरिङ, ७ जनाको मृत्यु

शुक्रबार, ०५ कात्तिक २०७८, १३ : १२
शुक्रबार, ०५ कात्तिक २०७८

बंगलादेशको रोहिंग्या शरणार्थी शिविरमा शुक्रबार अन्धाधुन्ध गोली चल्दा ७ जनाको मृत्यु भएको छ । रोहिंग्या क्याम्पस्थित मदरसामा यस्तो हमला भएको सञ्चारमाध्यमहरुले जनाएका छन् । चारजनाको घटनास्थलमै तथा तीनजनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको समाचारमा उल्लेख छ ।

शुक्रबार बिहान चार बजे हमला भएको हो । जानकारी पाउनासाथ घटनास्थल पुगेको प्रहरीले एक हमलाकारीलाई पक्राउ परेको छ । उनको साथबाट ठूलो मात्रामा बन्दुक र विस्फोटक पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीले अहिले अन्य हमलाकारीहरुको पनि खोजी गरिहेको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप