बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकमा शनिवार फ्री ओपिडी हुने

शुक्रबार, ०५ कात्तिक २०७८, १४ : २४
शुक्रबार, ०५ कात्तिक २०७८

नर्भिक इन्टरनेशनल हस्पिटलको निःशुल्क ओपिडी अभियानअन्तरगत आउने शनिवार(भोलि) कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्टको निःशुल्क सेवा संचालन हुने भएको छ । 
नर्भिक अस्पतालमा कार्यरत कन्सलट्यान्ट फिजिसियन तथा कार्डियोलोजिष्ट डा. शैलेन्द्रप्रसाद कुशवाहाले निःशुल्क ओपिडी सेवा दिन लागेका हुन् । डा. कुशवाहाले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुका लागि निःशुल्क सेवा दिनेछन् । 

मुटुसँग सम्बन्धित समस्या भएका र अन्य शारिरीक अस्वस्थ्यता भएकाहरुले समेत डा. कुशवाहाको निःशुल्क ओपिडीबाट लाभान्वित हुन सक्नेछन् ।  नर्भिकले केही महिनाअघिदेखि आफ्नो कर्पोरेट सोसियल रेसपोनसिबिलीटी(सीएसआर) अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकलाई फ्री ओपिडी सेवाका लागि प्रस्तुत गर्ने गरेको छ । 
निःशुल्क ओपिडी सेवा लिनका लागि नर्भिक अस्पतालको कल सेन्टर नम्बर ०१५९७००३२ तथा एक्सटेन्सन नम्बर १०१८ मा समेत फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप