बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाली फिल्म ‘एक्स ९’ मा सुनिल शेट्टी !

शुक्रबार, ०५ कात्तिक २०७८, १५ : ०८
शुक्रबार, ०५ कात्तिक २०७८

‘एक्स ९’ मुकुन्द भट्टको निर्देशनमा बन्न लागेको नयाँ फिल्म हो । अनमोल केसी मुख्य भूमिकामा रहने फिल्ममा पुष्प खड्का, सौगात मल्ल, राज कटुवाल र अनुपविक्रम शाहीको समेत अभिनय रहनेछ ।  फिल्म निर्माण अगाडि नै कलाकारको कारणले चर्चा छ । निर्देशक भट्ट फिल्मलाई बलियो बनाउन बलिउड कलाकारसम्म पुगेका छन् ।

केही अगाडि यो फिल्मको नेगेटिभ भूमिकाको लागि बलिउड नायक सोनु सुदलाई अफर गरिएको सार्वजनिक गरेका निर्देशक भट्टले अहिले  फिल्मका लागि सुनिल शेट्टी फाइनल भएको जनाएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा अभिनेता सुनिल शेट्टीसँगको तस्बिर पोष्ट गर्दै ‘एक्स ९’ का लागि शेट्टी फाइनल भएको जनाएका हुन् । उनले उक्त पोष्टमा फिल्मको छिट्टै घोषणा गर्ने समेत जनाएका छन् ।

क्यानडा, यूरोप र नेपालमा छायाँकन हुने बताइएको फिल्मको कथा निर्देशक भट्ट र किंग योगीले तयार पारेका हुन् । गोल्डेन हिल्स पिक्चरको प्रस्तुतिमा निर्माण हुने फिल्ममा प्रियंका थापा एकल अभिनेत्री रहनेछिन् । राजिव तामाङ, वीरेन कुँवर, सुवोध भट्ट र गोकुल कुँवर निर्माता रहेको फिल्म २०७९ को दसैँमा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप