मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित
शुक्रबार, ०५ कात्तिक २०७८, १५ : ४७
मुक्तिनाथ विकास बैंक ‘ग्लोबल एसएमई अवार्ड’ बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय वित्त निगम तथा एसएमई फाइनान्स फोरमले आयोजना गरेको र जी–ट्वान्टिज ग्लोबल पार्टनरशिप फर फाइनान्सियल इन्क्युलसनबाट समर्थित ‘ग्लोबल एसएमई अवार्ड २०२१’ द्वारा बैंक सम्मानित भएको हो ।
साना तथा लघुवित्त क्षेत्रमा बैंकले पु-याएको योगदानको कदर गर्दै सम्मानित गरिएको हो । यस सम्मानले भविष्यमा साना तथा लघुवित्त क्षेत्रमा थप योगदान गर्नको लागि उत्साहित बनाएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सो कार्यक्रममा साना तथा लघुवित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न संघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ