शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रेखा र गोकुलले पाए आइएमईको अफरबाट चार गुणा बढी रकम

शुक्रबार, ०५ कात्तिक २०७८, १६ : २२
शुक्रबार, ०५ कात्तिक २०७८

आइएमई मनिट्रान्स्फरको दशैंतिहार विशेष डबलको डबलको डबल अफर अन्तरगत असोज महिनाको विजेता सार्वजनिक भएको छ  । सिस्टममा आधारित ‘लक्की ड्र’ मार्फत शुक्रबार भएको छनोटमा  सेवाग्राही द्वय रेखा राई र गोकुल थापा मगर विजेता घोषित भएका हुन् ।

रेखा र गोकुलले आफुले पठाएको रकमको चार गुणा बढी रकम पाएका छन् । विजेताहरूले अमेरिकास्थित रिया फाइनान्सियल सर्भिस र युएईस्थित अल अन्सारी एक्सचेन्जमार्फत आइएमईबाट अफर अवधिमा क्रमशः ३२ हजार ९ सय ८६ र ४१ हजार २ सय २२ रूपैयाँ नेपालमा रहेका आफन्तलाई पठाएका थिए । कम्पनीले जितेको रकम विजेता वा निजको सिफारिसमा उनीहरुको निकटका आफन्तलाई प्रदान गर्ने जनाएको छ । 

यस्तै कम्पनी तेस्रो हप्ता र चौथो हप्ताका विजेताहरू समेत घोषणा गरेको छ । साप्ताहिक विजेता अन्तर्गत सुनिल मगर, छत्र बहादुर जिमी, विकास खजुम र भानु आचार्य छनोट भएका कम्पनीले जनाएको छ । उनीहरूले पठाएको रकमको दोब्बर रकम उपहार स्वरूप प्राप्त गरेका छन् । 

आइएमईले सार्वजनिक गरेको पर्व लक्षित डबल डबलको डबल अफर गत असोज १ देखि कार्तिक २६ गतेसम्म गरी कूल ५७ दिनका लागू हुने जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप