शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

लोसपा प्रदेश २ संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह चयन

शुक्रबार, ०५ कात्तिक २०७८, १६ : ५२
शुक्रबार, ०५ कात्तिक २०७८

नवगठित लोकतान्त्रिक समाजवादी पार्टी प्रदेश २ संसदीय दलको प्रमुख सचेतकमा परमेश्वर साह मनोनित भएका छन् । जनता समाजवादी पार्टीबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलका नेता जितेन्द्र सोनलले साहलाई प्रमुख सचेतकमा मनोनित गरेका हुन् । 

त्यस्तै उप नेतामा रानी शर्मा तिवारी, सचेतकमा जानकी शरण साह र कोषाध्यक्षमा बबिता चौधरीलाई मनोनित गरिएको छ । लोसपासँग प्रदेश २ मा १६ जना प्रदेश सांसद छन् । पार्टी विभाजन पश्चात लोसपा प्रदेशको प्रमुख प्रतिपक्षी दल बनेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप