शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले मेलम्चीमा १३ गते नगर अधिवेशन गर्ने

शुक्रबार, ०५ कात्तिक २०७८, १६ : ५६
शुक्रबार, ०५ कात्तिक २०७८

नेकपा (एमाले) मेलम्ची नगरपालिको पहिलो नगर अधिवेशन कार्तिक १३ गते हुने भएको छ । नगर अधिवेशन आयोजक कमिटीको बिहीवार मेलम्ची बजारमा बसेको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो । 

केन्द्रको निर्णय अनुसार देशभर नगर अधिवेशन आगामी ९ गते गर्ने भनिए पनि मेलम्चीमा भने ४ दिन सर्ने भएको हो । नगर संयोजक तथा मेयर डम्बरबहादुर अर्यालका अनुसार आन्तरिक तयारी तथा देशभर निम्तिएको विपत्तिका कारण नगर अधिवेशन सार्न लागिएको हो ।

उक्त अधिवेशनले नगरमा नेतृत्व चयन गर्नेछ । अधिवेशनलाई व्यवस्थित पार्न सात उप–समिति गठन गरिएको समेत संयोजक अर्यालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप