शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिक्षामन्त्रीले मागे १०० दिनको योजना

शुक्रबार, ०५ कात्तिक २०७८, १८ : ०४
शुक्रबार, ०५ कात्तिक २०७८

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले चिकित्सा शिक्षा आयोगलाई सय दिनमा सक्ने कामको योजना बनाउन निर्देशन दिएका छन् । शुक्रबार आयोगका पदाधिकारीलाई निर्देशन दिँदै शिक्षामन्त्री पौडेलले कार्ययोजना बनाएर चुस्त दुरुस्त काम गर्न निर्देशन दिएका हुन् । 

जनताको पक्ष र मेडिकल शिक्षा सुधार्नका लागि गरिएको काम एक दुई जनाले विरोध गर्दैमा केही नहुने भन्दै कर्मचारीलाई आफ्नो दायित्व र कर्तव्य नभुलेर काम गर्न निर्देशन दिए । 
 ‘मन्त्रालयको तर्फबाट आयोगलाई सहयोग रहन्छ । कार्ययोजना बनाउनुस् । गाँठो फुकाउन पहल गर्छु । मेडिकल शिक्षा सुधार्ने काम गरौं । अल्झेका विषयहरु भन्नुस् । अनिर्णीत भएर नबस्नुस्’ उनले भने । आयोगले सिंगो मेडिकल क्षेत्रलाई प्रभाव पार्नेगरी काम गर्नुपर्ने उनको भनाइ छ । 

‘पहिलो चरणमा सय दिनमा गर्न सकिने कामको योजना बनाएर काम गरौं,’ उनले भने– ‘त्यसपछि एक वर्षभित्र ऐन, र कानुनले दिने गरी गर्न सकिने कार्ययोजना बनाएर लागौं प्रतिफल आउँछ ।’
मेडिकल शिक्षाको परीक्षा प्रणालीलाई निष्पक्ष बनाएर सक्षम जनशक्ति उत्पादनमा लाग्नुपर्नेमा उनले जोड दिए । 

मन्त्री पौडेलले आयोगमा अल्झिएका विषयहरु सल्ट्याउनुपर्ने भन्दै त्यसका लागि आफूले पनि अन्तर मन्त्रालयसँग पहल गर्ने बताए । यस्तै, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निरीक्षण गर्दै मन्त्री पौडेलले कर्मचारी भएर काम गर्ने बताएका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप