बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित

शुक्रबार, ०५ कात्तिक २०७८, २१ : २७
शुक्रबार, ०५ कात्तिक २०७८

लघुवित्त बैंकर्स संघको अध्यक्षमा प्रकाशराज शर्मा निर्वाचित भएका छन्। शुक्रबार सम्पन्न संघको १५ औं वार्षिक साधारणसभाले शर्मालाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको हो । अध्यक्ष शर्मा लक्ष्मी लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सिइओ) हुन् । 

यस्तै संघको उपाध्यक्षमा मीनबहादुर बोहरा,  महासचिवमा रामबहादुर यादव, कोषाध्यक्षमा प्रेमबहादुर पाठक र सचिवमा केशवकुमार पौडेल सर्वसम्मत चयन भएका छन् ।  अन्य सदस्यहरूमा श्रीराम पोखरेल, बिमला योगी, बिनोद आचार्य, बट्टीप्रसाद दुलाल, प्रवीनकुमार लामा र गंगाधर पाण्डे चयन भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप