ad

अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु

person explore access_timeकात्तिक ६, २०७८ chat_bubble_outline0

पेन्टागनले सीरियामा अमेरिकी ड्रोन हमलामा अलकायदाका वरिष्ठ नेताको मृत्यु भएको जनाएको छ । यो हमला दक्षिणी सीरियामा इस्लामिक स्टेट समूहसँग भिड्नका लागि अमेरिकाको समूहले प्रयोग गरिरहेको अड्डामा हमला भएपछि गरिएको अन्तराष्ट्रिय समाचार संस्था एफपीले जनाएको छ ।


मुख्य कमाण्डका प्रवक्ता सेना मेजर जोन रिग्सबीले भनेका छन्, ‘उत्तर पश्चिमी सीरियामा आज एउटा अमेरिकी हवाई हमलामा अल–कायदाका वरिष्ठ नेता अब्दुल हमीद अल–मातरको मृत्यु भएको छ ।’ उनले यो हमला एमक्यु–९ विमानको प्रयोग गरेर गरिएको बताए । उनले अल–कायदाका वरिष्ठ नेतालाई हटाउँदा थप षड्यन्त्र र हमलाबाट बच्न सकिने बताए । 



सेप्टेम्बरको अन्तिममा पेन्टागनले देशका उत्तर–पश्चिममा इदलिब नजिकै हवाई हमलामा अल–कायदाका वरिष्ठ कमाण्डर सलीम अबू–अहमदको हत्या गरेको थियो । 









कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।